समाज


सामूहिक अपहरणको तेस्रो दिन नै नाइजेरियामा बन्दुकधारीले १४० विद्यार्थी अपहरण गरे

सामूहिक अपहरणको तेस्रो दिन नै नाइजेरियामा बन्दुकधारीले १४० विद्यार्थी अपहरण गरे

(फाइल तस्बिर)


नेपालखबर
असार २२, २०७८ मंगलबार १२:२१,

नाइजेरियाको काडुना राज्यमा मंगलबार १४० विद्यार्थीलाई बन्दुकधारी समूहले अपहरण गरेका छन्।

प्रहरीले यो घटनालाई पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा बन्दुकधारीले विद्यार्थीहरु अपहरण गरेको बताएका छन्।

बेथेल ब्यापटिस्ट विद्यालयमा मोटर साइकलमा आएका बन्दुकधारीले विद्यार्थीहरु अपहरण गरेको अपहरणमा परेका विद्यार्थीका अभिभावकले बताएका छन्।

यतिबेला सो विद्यार्थीमा ४० विद्यार्थीमात्र बाँकी रहेको जनाइएको छ। 

हाल विद्यार्थीहरुलाई अपहरणमुक्त गर्न प्रहरी र सेनाले सक्दो प्रयास गरिरहेका छन्। 

गत डिसेम्बरमा पनि हजार जना व्यक्तिहरु अपहरणमा परेका थिए। तीमध्ये ९ जनाको मृत्यु भएको थियो।

२ सयभन्दा बढी बालबालिका अझै बेपत्ता छन् र अपहरणमा पर्नेहरु तीन वर्षका बालबालिका पनि हुन्।

यसअघि आइतबार मात्र त्यहाँ बन्दुकधारीले ८ व्यक्तिलाई अपहरण गरेका थिए। त्यसदिन जारियाको राष्ट्रिय क्षय रोग र कुष्ठ रोग केन्द्रबाट मानिसहरु अपहरणमा परेका थिए।

अस्पतालका अनुसार अपहरणमा पर्नेमा दुई नर्स र १२ महिनाको बच्चा पनि थिए। 

नाइजेरियामा विद्रोही बोकोहराम समूह सक्रिय छन्। उनीहरुले बालबालिकालाई अपहरण गरेर सेना बनाउने गरेको पाइएको छ। बीबीसी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .