ad ad

समाज


पोस्टमार्टमका लागि सुजिता भण्डारीको शव काठमाडौं ल्याइयो

पोस्टमार्टमका लागि सुजिता भण्डारीको शव काठमाडौं ल्याइयो

नेपालखबर
असार २२, २०७८ मंगलबार ९:५५,

चितवनमा बेपत्ता भएको ९ दिनपछि जंगलमा मृत भेटिएकी २३ वर्षीया सुजिता भण्डारी (माथि तस्बिर) को शव काठमाडौं ल्याइएको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले हिजै राति शव पठाइएको र आज बिहान काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा पुर्याइएको जानकारी दिए। 

डीएसपी थापाले घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको तर अहिलेसम्म कुनै तथ्य नखुलेको बताए। 

सोधपुछ धेरै जनासँग गरिए पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको डीएसपी थापाको भनाइ छ। 

‘अन्य ढंगले पनि अनुसन्धान जारी छ,’ डीएसपी थापाले मंगलबार बिहान नेपालखबरसँग भने, ‘सबै कुरा अनुसन्धानमै रहेकाले अहिले भन्ने कुरा भएन।’

चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर आफ्नो घरबाट निस्केकी थिइन्। दिउँसोतिर आफू अपहरणमा परेको भन्दै अस्पष्ट आवाजमा फोन गरेको परिवारजनले बताएका छन्। त्यसपछि सम्पर्क हुन नसकेकी सुजिता आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी हुन्। 

सुजिताको शव सडेको अवस्थामा फेला परेको थियो। उनको छेउमा एउटा झोलासहित विषादीको बोतल पनि भेटिएकाले घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .