राजनीति


एमाले एकता प्रयास जारी : आज पनि कार्यदलको बैठक बस्दै

एमाले एकता प्रयास जारी : आज पनि कार्यदलको बैठक बस्दै

नेपालखबर
असार २२, २०७८ मंगलबार ९:३४,

दुई खेमामा विभाजित एमाले एकताका लागि पहल गर्न बनाइएको कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दै छ। 

कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय बनेको एमाले कार्यदल हिजो सोमबारदेखि सक्रिय भएको हो। 

सोमबार अर्थ मन्त्रालय (सिंहदरबार) मा बसेको कार्यदलको पहिलो बैठक सकारात्मक रहेको नेताहरूले बताएका छन्। 

पहिलो बैठकमा पार्टी एकताका लागि अहिलेसम्म भएका औपचारिक/अनौपचारिक पहल/वार्ताको पुनरवलोकन गरिएको र आज थप छलफल गरिने एमाले स्थायी कमिटी सदस्य भुसालले जानकारी दिएका छन्। 

यो पनिः 

हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समय सकिएपछि ब्युँतियो एमाले कार्यदल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .