सर्वोच्च अदालतबाट ठगी मुद्दामा एक वर्ष कैद र ११ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
दोलखाको साविक गौरीशंकर गाविस–१ घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। उनलाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमार्फत डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ।
ताम्टीङ्ग शेर्पाको जाहेरीले ठगी मुद्दामा उनलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ११ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

प्रतिक्रिया