केही वर्ष अघिसम्म फूलको माग परिपूर्ति आयातबाट हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा पुष्प व्यवसाय आत्मनिर्भरतर्फ उन्मुख भएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ अर्ब ४२ करोड भन्दा बढीको कारोबार भएको छ। गत आव २०७५/७६ मा २० करोड ९२ लाख पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ ४६ लाख ५८ हजार रहेको छ।
एसोसिएसनका अनुसार नेपालमा बि.स. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५/७६ सम्म आई पुग्दा ७०० भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा व्यवसयीक खेती बिस्तार भईसकेको छ। हाल लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा व्यवसायिक खेती भईरहेको, ४३ पाँच सय भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमै आश्रित छन्।
एसोसिएसनका अनुसार कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ। हाल उद्योगको रुपमा अगाडि बढिरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरुले खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ।
पुष्प व्यवसायको बर्तमान अवस्था
एसोसिएनसनका अनुसार नेपालको भौगोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिकोणले तराई देखि पहाडी जिल्लाहरुमा पुष्प व्यवसाय गर्न सकिने पर्याप्त/उपयुक्त ठाउँहरु रहेको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म प्रायजसो सबै क्षेत्रमा पुष्प व्यवसाय गर्न सकिन्छ। धेरै संभाव्यता बोकेको पुष्प व्यवसाय एक निर्यात मुखी व्यवसाय पनि हो।
फ्लोरिकल्चर एशोसिएसन नेपाल बि.सं.२०४९ साल कार्तिक ३० गतेमा पुष्प व्यवसायको विकास बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यका साथ स्थापना भएको संस्था हो। २६ औँ बसन्त पार गरिरहँदा एसोसिएसनले निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धन गर्दै अघि बढि रहेको जनाएको छ। विस २०११ बाट व्यवसायीक रुपमा सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले शहरीकरणको विकास तथा विस्तार सँगै काठमाडौँ उपत्यका भित्र मात्र सिमीत नरहि पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका शहरहरुमा फैलदो स्थितिमा रहेको छ।
नेपाली पुष्प व्यवसाय आ.ब. २०७५/७६ सम्म आई पुग्दा ७०० भन्दा बढि पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ। हाल लगभग १५७ हेक्टर क्षेत्रफलमा यसको खेती भइरहेको छ।
यस व्यवसायले आ.ब. २०७५/७६ मा सिजनल फूल बिरुवा तर्फ ३३ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ६४करोड, कट फ्लावर्स तर्फ रु ३४करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु २६ करोड, खुल्ला फूल तर्फ रु.११ करोड, सयपत्री तथा मखमली माला तर्फ रु.३९ करोड, सामग्री आपुर्ति तर्फ रु.१९ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु १२ करोड, र निर्यात तर्फ रु ४६ लाख गरि जम्मा २ अर्व ४२ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ। यही आ.ब.२०७५/७६ मा २० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ। हरेक बर्ष समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा भईरहेको एसोसिएसनले जानाकारी गराएको छ।

प्रतिक्रिया