देशमा नयाँ प्रधानमन्त्री नियुक्ति भएसँगै आज (शनिबार) बिहानदेखि फेसबुकमा सेयर संख्या देखिन थालेको छ।
जेनजी आन्दोलनपछि सरकारले फेसबुक खुला गरे पनि शुक्रबार बेलुकासम्म सेयर देखिएको थिएन।
तर शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेलगत्तै आज बिहानदेखि फेसबुकमा सेयर संख्या देखिन थालेको हो।
नेपालमा दर्ता हुन नमानेको भन्दै केपी ओली नेतृत्वको तत्कालीन सरकारले यही भदौ १९ गते फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बन्द गराएको थियो।
तर त्यसको ४ दिनपछि जेन-जीले भ्रष्टाचारविरुद्ध काठमाडौँसहित देशका विभिन्न सहरमा विशाल प्रदर्शन गरेको थियो। त्यस क्रममा प्रहरीको गोली लागेर १९ जना मारिएपछि भोलिपल्ट जेन-जी आन्दोलनले उग्र रूप लिएपछि भदौ २४ गते राति १० बजेदेखि ती सामाजिक सञ्जाल खुला गर्न बाध्य भएको थियो।
त्यसयता फेसबुकमा तीन दिनदेखि बन्द सेयर देखाउने फिचर शनिबार बिहानैदेखि खुलेको हो।
Shares

प्रतिक्रिया