राजनीति


भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८२ शनिबार ९:३९, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त  प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्। 

सामाजिक सञ्जला एक्समार्फत प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै उनले नेपाल र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।

मोदीले नेपाली र हिन्दी दुवै भाषामा लेखेर कार्कीलाई शुभकामना दिएका हुन्। 

उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’

भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ सरकार गठन भएकोमा गएराति नै स्वागत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad