घोषणा गरेको पाँच महिनापछि अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पले एप्पल क्रेडिट कार्ड सार्वजनिक गरेको छ।
यसलाई एप्पल कार्ड भनिएको छ। हाल यस एप्पल क्रेडिट कार्ड सबै माझ उपलब्ध हुन सकेको छैन।
एप्पलले हाललाई सीमित व्यक्तिलाई मात्र सूचना प्रदान गरेर यस कार्ड प्रदान गरिरहेको छ।
आगामी महिना सबैले एप्पल कार्ड लिनसक्ने कम्पनीको भनाइ छ। आइफोन प्रयोगकर्ताले मात्र यस कार्ड प्रयोग गर्न सक्नेछन्।

गोल्डम्यान स्याच्स बैंक तथा वित्त कम्पनी मार्फत जारी गरिएको यस कार्ड मास्टरकार्डको नेटवर्कमा चल्ने जनाइएको छ।
यसले अन्य क्रेडिट कार्डजस्तै कार्य गर्नेछ। यो एप्पल पे फिचरमा पनि प्रयोग हुनेछ।
3
Shares

प्रतिक्रिया