राजधानीको बालुवाटारमा भीषण आगलागी भएपछि सो क्षेत्रबाट हुने सावरी आवागमन डाइभर्ट गरिएको छ।
बालुवाटारस्थित नेपाल हाउस रेष्टुराँ पूर्वपट्टि आगलागी भएको हो। सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थान बालुवाटारस्थित सडकबाट नजिकै पर्छ। सोही कारण ट्राफिक डाइभर्ट गर्नुपरेको ट्राफिकले जनाएको छ।
इटालियन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बतायो।
यतिबेला खुर्सानीटार, भाटभटेनी हुँदै चल्ने सवारी साधन चापमा छन्। आगो नियन्त्रणमा लिने प्रयास जारी छ।
यो पनि: बालुवाटारमा भीषण आगलागी
3
Shares

प्रतिक्रिया