प्रविधि


चीनले अन्तरिक्षमा पठायो नयाँ सञ्चार प्रविधि उपग्रह

चीनले अन्तरिक्षमा पठायो नयाँ सञ्चार प्रविधि उपग्रह

नेपालखबर
पुस ६, २०८२ आइतबार १४:४२, काठमाडौँ

चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

उक्त उपग्रहलाई बेइजिङ समयअनुसार शनिबार राति ८:३० बजे लङ मार्च-५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो।

प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

यो उपग्रह मुख्यतः बहु-ब्यान्ड तथा उच्च गति सञ्चार प्रविधिसम्बन्धी परीक्षण र प्रमाणीकरण कामका लागि प्रयोग गरिनेछ।

यस प्रक्षेपणसँगै लङ मार्चवाहक रकेट शृंखलाले आफ्नो ६१८औँ मिसन पूरा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad