कला


भरतपुर र बेलबारीमा सुरु भयो ‘समानान्तर निटफेस्ट’

भरतपुर र बेलबारीमा सुरु भयो ‘समानान्तर निटफेस्ट’

नेपालखबर
चैत १०, २०८१ आइतबार १३:४६, काठमाडौँ

बुधबारदेखि काठमाडौंमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)को समानान्तर महोत्सव आजदेखि मोरङको बेलबारी र चितवनमा पनि सुरु भएको छ।

प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीबाट बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन गरिएको हो।

प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन दिउँसो २ बजे भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले गर्नेछन्। दुवै सहरमा तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाली र विदेशी नाटकहरु मञ्चन हुनेछन्।

बेलबारीमा नेपाल, भारत र जापान तीन देशका ६ नाटकसँगै स्थानीय र विद्यार्थी समूहका नाटकहरु पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिए। चितवनमा नेपाल, भारत, जापान, इरान र लिथुवानीयाका नाटक गरी पाँच विदेशी नाटक मञ्चन हुने छन्।

चितवनमा पनि आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाटहरु मञ्चन हुने महोत्सव निर्देशक प्रदीप अन्जानले बताए।

दुवै महोत्सवमा नाटक मञ्चनबाहेक चित्रकला, कविता, सांस्कृतिक प्रदर्शनी र अन्तक्र्रियात्मक छलफलहरु पनि समावेश गरिएको आयोजकद्वारा जनाइएको छ। अन्तर्राष्ट्रिय नाट्य महोत्सव बेलबारी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो। 

चितवनमा हुने महोत्सवमा तीन संस्थाहरु कर्मी चौतारी, नारायणी कला मन्दिर र तरंग नाट्य समूह आयोजक रहेका छन्। यी संस्थाहरुले मण्डला थिएटरसँग सहकार्य गरी स्थानीय नेतृत्वमै आयोजना हुने गरी समानान्तर निटफेस्टलाई देशका विभिन्न सहरमा आयोजना गर्न सम्भव भएको काठमाडौंमा गत बुधबारदेखि जारी  निटफेस्ट महोत्सव संयोजक केदार श्रेष्ठले जानकारी दिए। 

बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवका कार्यक्रमहरु तमु बुद्धिष्ठ गुम्बा, बेलबारी १ मा आयोजना हुँदैछ । प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवका सम्पूर्ण गतिविधि नारायणी कला मन्दिर परिसमा हुनेछन्। 

निटफेस्टले तेस्रो संस्करणमा काठमाडौंबाहिरका तीन सहरमा समानान्तर महोत्सव आयोजना गरेको हो। पोखरामा हिजो शनिबारदेखि सुरु भएको समानान्तर निटफेस्ट पाँच दिनसम्म चल्नेछ। 

‘निटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीहरुसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो’, निटफेस्ट महोत्सव संयोजक केदार श्रेष्ठले भने, ‘त्यसलाई दोस्रो संस्करणमा निरन्तरता दिन नसकिए पनि तेस्रो संस्करणमा फेरि अघि बढाएका हौं।’ 

काठमाडौंमा जारी निटफेस्टको आज पाँचौ दिन हो। मण्डला थिएटरमा जारी महोत्सवमा आज दिउँसो १२ बजे जापानको मास्टर शोको एन्ड मार्गरिटा, भारतको तमाशा, प्लेब्याक थिएटर विस्डम अफ लाइफ, आउटडोर पर्फमेन्सहरु साउन्ड्स अफ मन्डल र म्याक अफ म्याजिक मञ्चन हुँदैछन्। 

हरेक दिन छलफल कार्यक्रमसमेत हुँदै आएको महोत्सवमा दिउँसो ३ः३० बजे ‘राजनीतिमा कलानीति’ शीर्षकमा छलफल पनि हुनेछ। नेकपा माओवादीका सुदन किराँती, रामकुमारी झाँक्री, ठाकुर गैरे र प्रतिमा गौतम वक्ता रहेको अन्तर्क्रिया स्वतन्त्र पत्रकार प्रभाकर गौतमले सञ्चालन गर्नेछन्। महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ। मण्डला थिएटरको आयोजनामा भएको निटफेस्ट चैत १२ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad