एक अमेरिकी स्टार्ट अप कम्पनीद्वारा निर्मित विमानले परीक्षण उडानमा आवाजको गतिलाई जितेको छ। यससँगै २० वर्षपछि सुपरसोनिक व्यावसायिक उडान फर्किन सक्ने सम्भावना देखिएको छ।
२००३ मा कनकर्ड विमान सेवा बन्द भएसँगै व्यावसायिक रुपमा सुपरसोनिक उडान ठप्प भएको थियो।
अहिले बुम नामक कम्पनीले एक्सबी–१ विमान बनाएर परीक्षण गरेको हो। सो विमानले प्रतिघण्टा ७७० माइलको गतिमा उडान भरेको थियो।
मंगलबार क्यालिफोर्नियाको मोजेभ मरुभूमिमा सो परीक्षण उडान गरिएको थियो।
बुम २०१४ मा ब्लेक स्कोलले स्थापना गरेका थिए। सो कम्पनीले २०२९ सम्ममा व्यावसायिक उडानको लक्ष्य राखेको छ।
यो कम्पनीमा ओपनएआईका साम अल्टम्यानसहित कयौँ प्रविधि क्षेत्रका लगानीकर्ताले लगानी गरेका छन्।
एक्सबी–१ विमान अन्य यात्रुवाहक जेटभन्दा सानो छ। यसमा ६४ देखि ८० जना यात्रु चढ्न मिल्छ र यसको मूल्य २० करोड डलर पर्ने बताइएको छ।
लक्ष्यमा सफल भए बुमका विमान आज उडिरहेका बोइङ र एयरबसका विमानभन्दा दोब्बर गतिमा उड्न सक्ने छन्। त्यसोभए लन्डनदेखि मायामीको उडान समय ५ घण्टाभन्दा कम हुने छ।
तर, यो विमानलाई व्यावसायिक रुपमा उडाउन अझै निकै प्राविधिक र वित्तीय चुनौती रहेको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया