ad ad

प्रविधि


पृथ्वी चेप्टो छ भनेर पुष्टि गर्न आफैँले बनाएको रकेट चढेर अन्तरीक्ष जान खोज्ने व्यक्तिको मृत्यु (भिडियो)

पृथ्वी चेप्टो छ भनेर पुष्टि गर्न आफैँले बनाएको रकेट चढेर अन्तरीक्ष जान खोज्ने व्यक्तिको मृत्यु (भिडियो)

नेपालखबर
फागुन ११, २०७६ आइतबार १०:१५,

अमेरिकाको क्यालिफोर्नियामा आफैँले घरमै बनाएको रकेट चढेर अन्तरीक्षतर्फ जान खोज्ने एक व्यक्तिको मृत्यु भएको छ।

माइक ह्युज नामक ६४ वर्षे व्यक्तिले आफैँले वाष्प इन्जिनयुक्त रकेट बनाएका थिए। शनिबार सो रकेट प्रक्षेपणलगत्तै दुर्घटना भएको थियो। सो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

जसमा रकेट उड्नेबित्तिकै नजिकै जमिनमा गएर बजारिन्छ।

ह्युज पृथ्वी चेप्टो छ भनी दाबी गर्ने व्यक्ति थिए। उनले अन्तरीक्षमा पुगेर आफ्नो सिद्धान्त पुष्टि गर्ने बताएका थिए।

सन् २०१८ मा पनि उनले रकेट उडाएका थिए। उनले उडाएको रकेट ५ सय ७० मिटर माथि पुगेको थियो। त्यसपछि प्यारासुटको सहायताले उनको रकेट जमिनमा ओरालिएको थियो।

सन् २००२ मै उनले ३१ मिटर लिमोजिन उडाइर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .