ad ad

प्रविधि


नेपाली कम्पनीले ल्यायो मोबाइल स्क्यानबाटै ओएमआर सिटमा परीक्षा दिने सुविधा

नेपाली कम्पनीले ल्यायो मोबाइल स्क्यानबाटै ओएमआर सिटमा परीक्षा दिने सुविधा

नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:२४, काठमाडौँ

ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरुले नेपालमै पहिलोपटक मोबाइल स्क्यान गरी ओएमआर सिटबाट घरमै बसेर परीक्षा दिन सकिने फिचर आफ्नो एपमा उपलब्ध गराएको छ।

अहिले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न चाहनेहरूका लागि लिइने प्रवेश परीक्षा (कमन इन्ट्रान्स) को तयारी गरिरहेकाहरूलाई लक्षित गरी एम्बिसन गुरुले एपमै ओएमआर सिट उपलब्ध गराएको हो।

यसका साथै लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय, बैंक तथा संस्थान, सबै विषयका इन्ट्रान्स र लाइसेन्सको तयारीका कोर्सहरूको नमुना परीक्षा ओएमआर सिटबाटै दिन मिल्ने एम्बिसन गुरुकी सूचना अधिकारी साजना तामाङले जानकारी दिइन्।

शैक्षिक क्षेत्रमा यस खालको प्रविधिको प्रयोग नेपालमै पहिलो भएको उनको दाबी छ।

विद्यार्थीले एम्बिसन गुरु एपबाट सिट डाउनलोड गरी आफूलाई आवश्यक जति पनि प्रिन्ट गर्न सक्ने र एपमार्फत नमुना परीक्षामा सहभाभी हुन सक्ने बताइएको छ। ओएमआर सिटमा उत्तरहरू चिन्ह लागाइसकेपछि मोबाइलबाटै त्यसको फोटो खिचेर अपलोड गरेपछि विद्यार्थीले नतिजा तुरुन्त मोबाइलबाटै थाहा पाउन सक्छन्।

नेपालमा चिकित्सा शिक्षाका प्रवेश परीक्षा, लोक सेवाले लिने परीक्षाको प्रथम पत्र, शिक्षक सेवा आयोग तथा लाइसेन्स परीक्षाको प्रथम पत्र र  विभिन्न विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षामा ओएमआर सिटको प्रयोग भइरहेका छन्। तर हालसम्म यसका लागि छुट्टै खालको स्क्यान मसिनको आवश्यकता पर्थ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .