ad ad

प्रविधि


ब्ल्याक होलको पछाडी गहिरो भागमा पहिलोपटक प्रकाश देखियो

ब्ल्याक होलको पछाडी गहिरो भागमा पहिलोपटक प्रकाश देखियो

नेपालखबर
साउन १४, २०७८ बिहिबार १८:६,

ब्ल्याक होलको पछाडीको भागमा पहिलोपटक प्रकाश देखिएको छ। ८० करोड लाइट वर्ष टाढा ब्ल्याक होलको गहिरो भागमा प्रकाश देखिएको वैज्ञानिकहरुले बताएका छन्।

सन् २०१९ मा पहिलोपटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको पहिलो तस्बिर खिचेर सार्वजनिक गरेका थिए। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।

प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे पहिलोपटक अनुसन्धान गरेका थिए। तर यो उपलब्धि भने उनले देख्न पाएनन्। ब्ल्याक होलको तस्बिर सार्वजनिक हुनुभन्दा एक वर्ष अगाडि २०१८ मा नै उनको निधन भएको थियो।

पहिले ब्ल्याक होलहरू कालो हुने अनुमान गरिन्थ्यो। तर तस्बिर सार्वजनिक भएपछि अनुमान गरिएजस्तो ब्ल्याक होल नभएको पत्ता लागेको थियो।

यतिबेला वैज्ञानिकहरुले ब्ल्याक होलको पछाडिको गहिरो भागमा पनि प्रकाश फेला पारेका छुन्। द गार्जियनका अनुसार यससँगै अल्बर्ट आइनस्टाइनको सामान्य सापेक्षता ‘जनरल रिलेटिभिटी’को सिद्धान्त पुष्टि भएको अनुमान गरिएको छ।

ब्ल्याक होलको शक्तिशाली गुरुत्वाकर्षणले प्रकाशलाई पनि आफूतिर तान्दा त्यसको पछाडि गहिरो भागमा प्रकाश देखिएको बताइएको छ।

ब्ल्याक होल के हो? 

ब्ल्याक होल अर्थात् कृष्णगर्त अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ सबै पदार्थ आफैँ विलीन हुन्छ।

त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि कुनै पनि वस्तु वा प्रकाश बाहिर निस्किन सक्दैन।

केही ठूला ताराहरू विस्फोटन भएर मृत भएपछि ब्ल्याक होलको उत्पत्ति हुन्छ।

केही ब्ल्याक होल यति स्थूलकाय हुन्छन् कि तिनको पिण्ड हाम्रो सूर्यको भन्दा अर्बौँ गुना बढी हुन्छ।

ती कसरी आकाशगङ्गाको बीचमा बन्छन् भन्ने थाहा हुन सकेको छैन
तिनले आफूवरिपरि पार्ने प्रभावका आधारमा ब्ल्याक होल पत्ता लगाउने गरिएको छ।

तिनले एकअर्कालाई परिक्रमा गर्दा गुरुत्वीय तरङ्गहरू उत्पन्न हुन्छन्। बीबीसी र गार्जियनको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .