ad ad

कोशी


प्रदेश नामकरणको प्रस्ताव पेस गर्न दलहरूलाई थप एक घण्टा समय

प्रदेश नामकरणको प्रस्ताव पेस गर्न दलहरूलाई थप एक घण्टा समय

नेपालखबर
फागुन १७, २०७९ बुधबार १२:२६, विराटनगर

प्रदेश १ प्रदेशसभाका सदस्यहरूलाई प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवसमक्ष पेस गर्ने समय १ घण्टा थपिएको छ। 

यसअघि प्रदेशसभा सदस्यहरूलाई आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय दिइएको थियो। 

तर प्रदेश नामकरणका विषयमा छलफलका लागि सत्ताधारी दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संसदीय दलका छुट्टाछुट्टै बैठक जारी रहेकाले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव पेस गर्ने समय दिउँसो १ बजेसम्मका लागि थप गरिएको हो। 

प्रदेशसभाको कार्यालयमा जारी उनीहरूको बैठकले आफ्नो दलभित्र नामकरणको प्रस्तावलाई सर्वसम्मत समर्थन गरेर जाने निर्णय गराउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .