प्रदेश १ सरकारले प्रदेश नामकरणको प्रस्ताव आज प्रदेशसभामा लाने तयारी गरेपछि प्रदेशसभा भवन आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रदेशसभा प्रवेशका दुई मार्ग कोसी अस्पताल चोक र देवकोटा चोकमा प्रहरीले अवरोध राखेर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।
पहिचानवादी संघ/संस्थाले प्रदेशको नाम कोसी राख्ने कुरामा असहमति राख्ने सम्भावनालाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा बनाइएको हो।
प्रदेशसभाको आज बसेको कार्य व्यवस्था समितिको बैठकले आज प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची छ।
सकेसम्म आजै दलहरुको सर्वसम्मतमा नामकरण टुंग्याउने तयारी छ।
प्रदेशसभाको बैठक आज बिहान १० बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन।
प्रतिक्रिया