ad ad

खेल


सन्दीपलाई आजै यूएई पठाइने

सन्दीपलाई आजै यूएई पठाइने

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०७९ बुधबार १२:२६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको छ। 

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो। 

सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। 

आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ। 

क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ। कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन। 

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ। नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ। 

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको थियो। 

नेपालको यो लिग २ अन्तर्गत अन्तिम विदेश भ्रमण हो। यो सिरिजपछि नेपालले घरेलु मैदानमा नै त्रिकोणात्मक सिरिज खेल्दै लिग २ को यात्रा सकाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .