कोशी


पूर्ण खोप सुनिश्चतता घोषणा गर्ने पहिलो प्रदेश बन्यो कोसी

पूर्ण खोप सुनिश्चतता घोषणा गर्ने पहिलो प्रदेश बन्यो कोसी

नेपालखबर
असार २९, २०८३ सोमबार २१:२७, काठमाडौँ

कोसी प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। यो घोषणा गर्ने कोसी पहिलो प्रदेश पनि हो।

कोसीका  १४ वटै जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

यो आर्थिक वर्षमा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका पहिलो पूर्णखोप गाउँपालिका घोषणा गरिएको थियो भने पाँचथर जिल्ला पहिलो पूर्ण खोप जिल्ला घोषित भएको थियो। 

१६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा' गरिन्छ।

घोषणा कार्यक्रममा  कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, कोसी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरे, परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad