राजनीति


पूर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर

पूर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर

नेपालखबर
माघ १९, २०८२ सोमबार १२:४०, काठमाडौँ

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा जलेको पाँच महिनापछि कञ्चनपुरको बेदकोट नगरपालिका-८ स्थित पुर्खौली घर पुगेका छन्। 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते लेखकको पुर्खौली घरमा आगजनी गरिएको थियो। आगजनीबाट उनको घर पूर्णरुपमा नष्ट भएको थियो। 

प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा प्रचार गर्न गृहनगर महेन्द्रनगर पुगेका लेखकले सोमबार जलेको घरमा पुगेर जानकारी लिएका छन्। 

जेनजी आन्दोलनमा लेखकको काठमाण्डौँको नैकापमा रहेको घर र बेदकोट नगरपालिका-८ मा रहेको पुर्खौली घरमा आगजनी गरिएको थियो। दुवै घर पूर्ण रुपमा नष्ट भएका थिए। त्यस्तै, महेन्द्रनगरमा रहेको घर भने मर्मतसम्भार पनि बस्न थालिएको छ। 

पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीय बासिन्दासँग कुराकानी गरेका छन्। स्थानीय बासिन्दाले गाउँमा निर्माण भइरहेका सडक पूर्वाधारबारे जानकारी दिएका थिए। 

२०७९ सालको निर्वाचनमा उनी कञ्चनपुर-३ बाट निर्वाचित भएका थिए। यस पटक भने उनले टिकट पाएनन्। कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ। नेता लेखक बोहराका लागि चुनावी प्रचारमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad