यही माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा उक्लिएको सुनको मूल्य त्यसयता भने तीव्र गतिमा लगातार घटिरहेको छ।
माघ १६ देखि आज १९ गतेसम्म अर्थात् ४ दिनभित्र सुनको भाउ ५२ हजार ७०० रुपैयाँ घटिसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार तोलामा एकैचोटि २० हजार ५०० घटेको सुनको भाउ आइतबार १८ हजार ८०० रुपैयाँ घट्यो भने आज थप १३ हजार ४०० रुपैयाँ घटेको हो।
सातामा एक दिन शनिबार भने सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण स्थगन गर्छ।
सुनसँगै चाँदीको मूल्य पनि लगातार घटिरहेको छ।
गत बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको मूल्य त्यसयता घट्दै घट्दै आज ५ हजार २ सय रुपैयाँमा झरेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बितेका चार दिनभित्र चाँदीको मूल्य प्रतितोला २ हजार ३०५ पाँच रुपैयाँ घटेको हो।
आज यस्तो छ सुनचाँदीको भाउ

Shares

प्रतिक्रिया