राजनीति


साँफेबगर नगर कमिटीका सम्पूर्ण सदस्यले एमाले छाड्दै

भीम रावलको अभियानमा समाहित हुने तयारी
साँफेबगर नगर कमिटीका सम्पूर्ण सदस्यले एमाले छाड्दै

नेपालखबर
माघ ७, २०८१ सोमबार ९:४८, कञ्चनपुर

नेकपा (एमाले) अछामको ठूलो पङ्क्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ। 

सोमबार पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोाणा गर्ने तयारी भइरहेको त्यसमा संलग्न स्थानीय नेताहरुले बताएका छन्।

एमालेबाट निष्काशित नेता डा. भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरुको भनाई छ। 

१० पुसमा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्। 

४ माघमा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। एमालेको ८३ सदस्यीय साँफेबगर नगर कमिटीले सामूहिक पार्टी परित्यागको घोषणा गर्न लागेको अध्यक्ष ढकेन्द्र कुँवरले नेपालखबरलाई जानकारी दिए। 

‘पदाधिकारी र नगर कमिटी सदस्यका साथै साँफेबगरबाट करिब एक हजार बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर हामी मातृभूमि जागरण अभियानमा समाहित हुँदैछौँ,’ कुँवरले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad