कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई मार्ने धम्की आएको छ।
भट्टलाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान धनगढी १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका २ का दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले अत्तरियास्थित भट्टको घरमै पुगेर घम्की दिएको सूचना आएपछि पक्राउ गरिउको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले बताए।
पक्राउ पर्ने दुवैजना माओवादीका पूर्व लडाकुहरु हुन्।
भट्टका कार्यकर्ताले धम्की दिएको जानकारी गराए पनि अहिलेसम्म प्रहरीमा जाहेरी दिएका छैनन्।
पक्राउ परेका दुवै जनाले भट्ट आफ्नो नेता भएकाले गुनासो गरेको प्रहरीलाई बताएको राठौरले जानकारी दिए।
मंसिर ६, २०७९, मंगलबार
प्रतिक्रिया