आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन्।
अहिले उद्घाटन समाराेह चलिरहेकाे छ। हेर्नुहाेस्, लाइभ :
अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन्।
उनीसँगै सोही अस्पतालका डा. अनुप बाँस्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले पनि कोरोना खोप लगाएका छन्।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप देशका सातै प्रदेशमा यसअघि नै पुर्याइसकिएकाे छ।
पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई काेराेना खाेप दिइँदै छ।
भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भनेको छ। अहिले पहिलो चरणमा ४ लाख ५० हजार डोज मात्र आइपुगेको छ। बाँकी अर्काे चरणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याे पनि : खाेपबारे १६ प्रश्नका यस्ता छन् उत्तर

प्रतिक्रिया