ad ad

समाज


तीन पूर्वमन्त्री र तीन पूर्वसचिवलाई ५४ करोड बिगो

तीन पूर्वमन्त्री र तीन पूर्वसचिवलाई ५४ करोड बिगो

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:४८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मुछिएका तीन पूर्वमन्त्री, तीन सचिवसहितसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

बुधबार साँझ अख्तियारको टोलीले तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नरहेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

त्यस्तै अख्तियारले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वसचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गरेको छ। तीन सचिवमध्ये बस्न्यात अख्तियारको प्रमुख आयुक्त र पन्त पूर्वमन्त्री भइसकेका समेत हुन्।

मन्त्रीहरुमध्ये गच्छदार र श्रेष्ठलाई जनही ९ करोड ६५ लाख ७६ हजार बिगो दावी गरिएको छ भने अर्का तत्कालीन मन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो दावी गरिएको छ।

त्कालीन सचिवहरुमध्ये बस्न्यात र पन्तका विरुद्ध ९ करो८ ६५ लाख ७६ हजार र दिनेशहरि अधिकारी ७ करोड ८ लाख ४८ हजार बिगो कायम गरिएको छ। सोही प्रकरणमा जोडीएका जग्गा व्यवसायी शोभाकान्त ढकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध ११ करोड २० लाख बिगो कायम गरिएको छ।

१७५ जना प्रतिवादीमध्ये ६५ जनालाई जफत प्रयोजनका लागि र अन्य ११० जनाको हकमा सजयको माग दावी समेत मुद्दा दायर गरिएको हो।

सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिएको थियो।

सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन पेस गर्दै अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारबाहीको सिफारिस सहितको प्रतिवेदन बुधबार गृहमन्त्रालयमा बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा तत्कालीन मन्त्री र सचिवहरुसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .