ad ad

राजनीति


महतोलाई दलको नेता बनाएको पत्र संसद सचिवालयमा, उपेन्द्र पक्षलाई मान्य नहुने

महतोलाई दलको नेता बनाएको पत्र संसद सचिवालयमा, उपेन्द्र पक्षलाई मान्य नहुने

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:४१,

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ।

मंगलबार सचिवालयमा सो पत्र दर्ता भएको छ। वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले राजेन्द् महतोलाई संसदीय दलको नेता चयन गरेको सो पत्रमा जनाइएको छ।

संसद सचिवालयमा पत्र आएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। 'पत्र आएको छ। तर त्यसबारे महासिचव ज्यू (संसदका महासचिव) आएपछि मात्र अध्ययन हुन्छ', पाण्डेले भने।

तर, जसपाका सांसद मोहम्मद इस्तियाक राईले भने किर्ते काम गरेर पत्र तयार पारेको भन्दै सो कुरा पार्टीलाई मान्य नहुने बताए।

'मिति समेत मिलाएर संसद सचिवालयमा दर्ता गरिएको सो पत्र आधिकारिक होइन र त्यसलाई जसपाले मान्यता दिँदैन,’ राईले नेपालखबरसँग भने, 'यता महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति जुटेर संयुक्त वक्तव्य आएपछि उता दर्ता गरिएको छ, त्यो लेटरले मान्यता पाउँदैन।’

उनका अनुसार जसपाको विधानका आधारमा समेत त्यसले मान्यता पाउँदैन।

मंगलबार नै जसपाका अध्यक्षद्वय ठाकुर र यादवले ८ बुँदे संयुक्त विज्ञप्ती जारी गरेका छन्। सो विज्ञप्तीमा तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बरु आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पहल गर्ने उल्लेख छ।

सो विज्ञप्ती जारी भएको केही घण्टाभित्रै दलको नेतामा महतो चयन गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो।

बैशाख ३० गते कांग्रेस, माओवादी केन्द्र र जसपासहितका दल मिलेर बहुमतको प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरिएका बेला ठाकुरसहितका १७ नेताहरु भक्तपुरको एक रिसोर्टमा गएर सो प्रक्रिया असफल बनाएका थिए।

बहुमत देखाउन नसकेपछि संसदमा रहेको सबैभन्दा ठूलो दलको आधारमा ओली नै प्रधानान्त्री चयन भएका छन् ।

mahato patra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .