पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज काठमाडौँको माइतीघर मण्डलामा राजतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको छ।
‘स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद’का लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने मागसहित भट्टराई नेतृत्वको पार्टीले राजतन्त्रको विरोध गरेको हो।
अब कहिल्यै राजा चाहिँदैन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले 'राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भन्दै नारा पनि लगाएका थिए।









120
Shares

प्रतिक्रिया