राजनीति


अब चुनाव नलड्ने कांग्रेस नेता रिजालको घोषणा

अब चुनाव नलड्ने कांग्रेस नेता रिजालको घोषणा

नेपालखबर
फागुन ३०, २०८२ शनिबार २०:४२, जनकपुरधाम

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश रिजालले अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका-५ मसिहानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै रिजालले भने आगामी दिनमा चुनाव नलड्ने तर जनताको सेवालाई निरन्तरता दिन राजनीतिमा सक्रिय रहने बताए। ‘अब म चुनाव लड्दिनँ तर जनताको सेवा गर्ने कामबाट पछि हट्दिनँ। राजनीतिमा लाग्नुको उद्देश्य नै जनताको सेवा हो, त्यसलाई निरन्तरता दिनेनै छु,’ रिजालले भने। 

भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पर्सा-४ बाट उम्मेदावर बनेका उनी पराजित भएका थिए। चुनावमा हार-जित स्वाभाविक भएको उल्लेख गर्दै चुनाव लड्ने÷नलड्ने निर्णय व्यक्तिगत भएको सुनाए। पर्साको विकास र समृद्धिका लागि आफू सधैं सहयोगी भूमिकामा अग्रसर रहने उनले बताए। 

रिजाल २०७९ सालको निर्वाचनमा पर्सा-४ बाट निर्वाचित भएका थिए। त्यसपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। 

२०४८ सालयता उनले ८ पटक चुनाव लडिसकेका छन्। चार पटक जितेका छन भने चार पटक हारेका छन्। २०४८, २०५१, २०६४ र २०७९ सालमा विजयी भएका उनी २०५६, २०७०, २०७४ र २०८२ सालमा पराजित भएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad