मधेस प्रदेशका पूर्वसभामुख रामचन्द्र मण्डल र पूर्वमुख्यमन्त्री सरोज यादव दुवैले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
मण्डल र यादव दुवैले एमालेको ११ औँ महाधिवेशनमा मधेसी खुला क्लस्टरमा उम्मेदवारी दिएका हुन्।
पदअनुकूल आचरण नगरेको आरोपमा मण्डल मधेसमा महाअभियोगबाट पदमुक्त भएका हुन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका मण्डल पछि एमाले प्रवेश गरेका नेता हुन्।
एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि २४ दिनमै मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए।
एमालेबाट अहिले मण्डल र यादव दुवै एउटै क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
243
Shares

प्रतिक्रिया