सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अब सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा कर्णलाई नियुक्त गर्नेछन्।
भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्।
उनको नियुक्ति र प्रक्रियालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। नेपाली कांग्रेससहित ७ दलले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड गर्दै ताला लगाएका छन्।
सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ। रिटमा मुख्यमन्त्री नियुक्ति बदरको माग गरिएको छ।
Shares

प्रतिक्रिया