राजनीति


उपनिर्वाचन: रामगोपालपुर- २ मा बढ्यो निर्वाचनको चहलपहल

उपनिर्वाचन: रामगोपालपुर- २ मा बढ्यो निर्वाचनको चहलपहल

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८१ बुधबार ११:२७, महाेत्तरी

आगामी आइतबार (१६ मंसिर) रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ। मतदातालाई आफ्नो पक्षमा पार्न अहिले उमेदवारहरु मतदाताका घरआँगनमा पुगिरहेका छन्। आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ। 

मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका दलहरु मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन्। 

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेदबार मैदानमा छन् । यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ। गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ। 

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आफूले जित्ने दाबी गर्छन्। अघिल्लो निर्वाचनमा ५८ मतले पारजित भएको कारण यसपटक मतदाताले आफूलाई जिताउने उनको दाबी छ। 

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा आएका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय जनता पाटीबाट त्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उमेदबार बनेका छन्।

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए।

रामगोपालपुर २ मा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad