बारा क्षेत्र नम्बर २ को मत गन्न थालिएको छ। कलैयामा भइरहेको मतगणनाको सुरुवाती परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बनाएका छन्।
दिउँसो १ बजेदेखि करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको हो।
यस्तोमा यादवले २२४ मतसहित अग्रता बनाएका छन्। उता उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत ल्याएका छन्।
तेस्रो नम्बरमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ८० मतसहित चौथो स्थानमा छन्।
त्यसैगरी प्रमु साह नेतृत्वको आमजनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीको पक्षमा १२ मत खसेको छ।
147
Shares
प्रतिक्रिया