समाज


सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ साढे २ बजे सुरु हुने

सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ साढे २ बजे सुरु हुने

नेपालखबर
बैशाख ११, २०८० सोमबार १४:८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आजै सुरु हुने भएको छ। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुने भएको हो। 

आज दिउँसो साढे २ बजे आफूहरूलाई इजलासमा बोलाइएको सन्दीपका वकिल मुरारी सापकोटाले नेपालखबरलाई जानकारी दिए। 

आजका लागि पेसी तोकिएका सन्दीपविरुद्धको मुद्दाभन्दा अगाडि रहेका सबै मुद्दाको सुनुवाइ सकिएकाले उनीविरुद्धको मुद्दाको पालो आजै आएको हो। 

यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको  बकपत्र सकाइएको थियो। यससँगै मुद्दाको फैसलाका लागि आज अन्तिम सुनुवाइ सुरु गरिने भएको हो। 

एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो। 

कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भए।  

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

थुनामुक्त भएपछि राष्ट्रिय टोलीबाट सन्दीपले नियमित क्रिकेट खेलिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .