ad ad

राजनीति


कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न चुनाव हुँदै

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न चुनाव हुँदै

नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:३४, जनकपुरधाम

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि आज चुनाव हुँदै छ। 

मधेश प्रदेश संसदीय दलको नेता चयनमा सहमति हुन नसकेपछि कांग्रेस निर्वाचनबाट छिनोफानो गर्न लागेको हो। कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ। 

संसदीय दलको नेता बन्न नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् भने मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी दर्ता गराउने कांग्रेसका एक नेताले जानकारी दिए।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि यसअघि ५ जना अकांक्षी देखिए पनि २ जनाको मात्रै उम्मेदवारी पर्ने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .