राजनीति


कार्यकर्तालाई गगनको निर्देशन- म गगन थापा भएर मत माग्न आएको छु भन्नुस्

कार्यकर्तालाई गगनको निर्देशन- म गगन थापा भएर मत माग्न आएको छु भन्नुस्

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १३:३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले घरघर पुगेर आफ्नो नाम लिएर मत माग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 

शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सामाजिक सञ्जालमा अल्झिएर नबस्ने आग्रह गरे। ‘सामाजिक सञ्जालमा लेख्नुपर्छ, बोल्नुपर्छ, गालीगलौज गर्नुपर्दैन,’ थापाले भने, ‘सामाजिक सञ्जालमा अल्झिएर नबस्नुस्। गोडा चलाउनुस्। घरघर पुग्नुस्।’

उम्मेदवार एक्लैले केही गर्न नसक्ने उनको भनाइ थियो। सबै नेता तथा कार्यकर्ताले घरघर पुग्नुपर्नेमा उनले जोड दिए। ‘पहिले दुई लाइन गाली गर्लान, त्यसपछि संवाद गर्नुस्,’ थापाले भने, ‘म गगन थापा भएर मत माग्न आएको छु, पाँच वर्ष मौका दिनुस्, निरास बनाउँदैनौ भन्नुस्।’

यसअघि कांग्रेसलाई मत दिएका मतदाताले यस पटक रुखमा मतदान गर्न नहुने कुनै कारण नभएको जिकिर गरे। युवाको भावना अनुसार कांग्रेस मात्रै बद्लिएको बताउँदै थापाले भने, ‘रुख चिह्नमा मत हाल्न नपर्ने एउटा पनि कारण छैन।’

यसअघि पनि थुप्र आन्दोलन भएको र त्यसका कांग्रेसले सम्हालेका थापाले स्मरण गराए। माओवादी विद्रोह, मधेस आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलन भएको उनले सुनाए। त्यसले जेनजी आन्दोलनपछि पनि देशलाई सम्हाल्ने कांग्रेस मात्रै भएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad