समाज


मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु, सवारी दुर्घटनामा थप ३ जनाको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु, सवारी दुर्घटनामा थप ३ जनाको ज्यान गयो

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १३:४, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

पर्सा, रुपन्देही, चितवन, मोरङ र तनहुँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पर्साको वीरगञ्ज महानगरपालिका-१५ स्थित महाविर चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु भएको छ। 

म.प्र.०३-०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बाराको परवानीपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय राकेश यादवको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

त्यसैगरि रूपन्देहीको शुद्धोधन गाउँपालिका-६ सेमरीमा पनि मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। 

बिहीबार राति लु.९५ प ७८४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका-६
गुरौली बस्ने ५० वर्षीय राम बहादुर घर्तीमगरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि चितवनको राप्ती नगरपालिका-७ पम्फापुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि फरार रहेका सवारी चालकको खोजी जारी छ। 

त्यसैगरि मोरङको बेलबारी नगरपालिका-२ लोहोन्द्रा पुल नजिक मोटरसाइकलको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु भएको छ। 

को.३५ प ९७५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही बेलबारी नगरपालिका-२ लालभित्ती बस्ने ७९ वर्षीय जस बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकललाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि तनहुँको व्यास नगरपालिका-१० बैरेनीमा मोटरसाइलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।  

ग.१६ प ६९७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ४८ वर्षीय वीरबहादुर दरैको गए राति मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकललाई नियन्त्रणमा लिएको छ। यी सबै  दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad