प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ५ः०० बजे बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा संवैधानिक निकायका रिक्त पदमा सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद पनि रिक्त छ।
त्यसैगरी थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन्।
राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली छ। ती पदहरूमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान छ।
यसअघि प्राधानन्यायाधीश नियुक्तीको सिफारिस गरेपछि संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र उपसभामुख रुवीकुमारी ठाकुर सदस्य छन्।
Shares

प्रतिक्रिया