राजनीति


कोसीका पहाडी ११ जिल्लामा अहिलेसम्म ४० प्रतिशत मतदान

कोसीका पहाडी ११ जिल्लामा अहिलेसम्म ४० प्रतिशत मतदान

सुमन सुस्केरा
फागुन २१, २०८२ बिहिबार १४:७, विराटनगर

कोसी प्रदेशका झापा, मोरङ र सुनसरी बाहेकका पहाडी जिल्लामा अहिलेसम्म करिब ४० प्रतिशत मतदान भएको छ। 

हिमाली जिल्ला ताप्लेजुङमा १२७ मतदान केन्द्रमा शान्त पूर्वक मतदान भई रहेको छ। 

९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा अहिलेसम्म करिब ४० प्रतिशत मतदान भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराम सेढाईँले जानकारी दिए। 

इलाममा ४० प्रतिशत मत खसेको छ। २ लाख ३२ हजार मतदाता  रहेको यस जिल्लामा ४० प्रतिशतले मतदान भइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यस्तै पाँचथरमा दिउँसो १ बजेसम्ममा ४८ हजार मत खसेको छ। यहाँ १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन्। यसमा करिब ३४ प्रतिशत मत खसेको दाबी प्रशासनको छ।  

सङ्खुवासभामा भने १ः३० बजेसम्म ३० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्। 

उता धनकुटामा  करिब २८ हजार अर्थात् २४ प्रतिशत मत खसेको छ।

तेह्रथुम जिल्लामा १ः३० बजेसम्म २५ हजार ४२५ मत खसेको छ। अहिलेसम्म यहाँ ३५ प्रतिशत खसेको प्रमुख जिल्ला अधिकारी वन्दना राईले जानकारी दिइन्।  

खोटाङ जिल्लामा  ३४ हजार ५८० अर्थत २४ प्रतिशत मत खसेको छ।  

हिमाली जिल्ला सोलुखुम्बुमा पनि निर्बाध रुपमा निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यहाँ १ बजेसम्ममा  ३६ प्रतिशत मत खसेको छ। उता उदयपुरमा करिब ४० प्रतिशत मत खसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad