राजनीति


मिडियामा ओली-बालेनको चर्चा भए पनि मतदाता मेरो साथमा छन्: मन्धरा चिमरिया

मिडियामा ओली-बालेनको चर्चा भए पनि मतदाता मेरो साथमा छन्: मन्धरा चिमरिया

नेपालखबर
माघ २८, २०८२ बुधबार १८:०, काठमाडौँ

नेपाली कांग्रेसबाट झापा-५ की उम्मेदवार मन्धरा चिमरियाले मिडियामा जेजस्तो चर्चा भए पनि मतदाता आफ्नो साथमा रहेको बताएकी छन्। 

बुधबार घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने दाबी गरिन्।

‘म यहीँको स्थानीय हो। यो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो सुनेर काम गरेकी छु,’ उनले भनिन्, ‘बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकी छु। यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो। भोट यसपालि मलाई नै दिनुहुन्छ।’

मिडियामा कम आए पनि जनताको घरदैलोमा पुगिरहेको उनले बताइन्। मिडियामा केपी शर्मा ओली र बालेन्द्र शाहको चर्चा भए पनि झापाका मतादता आफ्नो साथमा रहेको उनको भनाइ थियो। 

उनी झापा-५ मा एमाले नेकपा (एमाले)का अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहसँग प्रतिस्पर्धा गरिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad