नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ढुङ्गामुढा गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एकजनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए।
बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उनलाई आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ।
कडा सुरक्षा घेराबीच कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उनले बताए। रासस
129
Shares

प्रतिक्रिया