आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रूकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई सघाउन नेकपा (एमाले)का स्थानीय नेता तयार भएका छन्।
मंगलबार रुकुम पश्चिको मुसिकोटमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुशीलकुमार थापा र प्रलोपाका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माबीच छलफल छ। एमाले नेताल थापाले पार्टी केन्द्रलेको निर्देशन अनुसार रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाएर अगाडी बढ्ने विषयमा छलफल भएको बताए।
आजै एमाले रुकुम पश्चिमको सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठकबाट निर्णय गरेर जिल्लामा पनि आधिकारिक निर्णय हुने उनले बताए।
यसअघि एमाले र प्रलोपाको नेतृत्व तहमा तालमेल गर्ने सहमति भएको थियो। एमालेले रुकुम पश्चिममा सघाउने र प्रलोपाले रुकुम पूर्वमा सघाउने सहमति भएको थियो।
Shares

प्रतिक्रिया