ad ad

राजनीति


२६ वर्ष शिक्षण गरेका मल्लको काँधमा प्रदेशको पर्यटन मन्त्रालय

२६ वर्ष शिक्षण गरेका मल्लको काँधमा प्रदेशको पर्यटन मन्त्रालय

कर्णाली प्रदेशका पर्यटनमन्त्री जितबहादुर मल्ल। तस्बिर : नेपालखबर


दिनेश बुढा
माघ १२, २०७९ बिहिबार १९:४७, सु्र्खेत

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मुगुका जीतबहादुर मल्ल नियुक्त भएका छन्। 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले (माघ ११) बुधबार मल्ललाई पर्यटन मन्त्रीमा नियुक्त गरेका हुन्। 

मन्त्रीमा नियुक्त भएसँगै मल्लले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा योपनीयताको शपथ ग्रहण लिएसँगै पदभार ग्रहण गरिसकेका छन्। 
मल्ल गत मंसिर ४ गते भएको आम निर्वाचनमा मुगु प्रदेश सभा (१ं)बाट निर्वाचित भएका थिए। 

तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमलाई हराउँदै उनी प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

को हुन् मल्ल?

मल्लको जन्म २०२६ कात्तिक २१ ग्ते मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालबाडा साविकको श्रीनगर गाविस वडा नम्बर–१ मा भएको हो। 

उनी बुवा जल मल्ल र आमा मैनासरा मल्लका सन्तान हुन्। घरको कान्छो छोरा मल्लको राधिका भाम (मल्ल) सँग विवाह गरेका छन्। 

मल्लका दुई छोरा र एक छोरी छन्। मल्लको बाल्यकाल गाउँमै बित्यो। मल्लले स्नातकसम्म अध्ययन गरेका छन्। उनले कक्षा १ देखि ३ सम्म मीन माध्यामिक विद्यालय भारेकोटमा पढे। त्यसपछि कक्षा ४ देखि १० सम्म महाकाली उच्च माध्यमिक विद्यालय श्रीनगरमा अध्ययन गरे। 

महाकाली उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेपछि मल्लले प्लस टु पनि त्यही विद्यालयबाट गरे। 

मन्त्री मल्लको राजनीतिक यात्रा पनि उच्च शिक्षा अध्ययनदेखि सुरू भएको हो। पहिलो पटक मल्ल २०४४/०४५ मा माध्यमिक शिक्षा अध्ययनका क्रममा विद्यार्थी संगठनमा आवद्ध भएका थिए। त्यसपछि २०४६ सालको जनआन्दोलनमा जिल्लाकास्तरमा भूमिका खेलेका थिए। 
मल्लले २०४७ सालमा तत्कालीन नेकपा माले (हाल नेकपा एमाले) को नेपाल राष्ट्रिय शिक्षक संगठन मुगु जिल्ला कमिटी सदस्य, २०५६ मा जिल्ला कमिटी सचिव, २०५९ मा जिल्ला अध्यक्ष भए।

मल्ल नेकपा एमाले मुगुको संस्थापक सदस्य हुँदै सल्लाहकार, पदाधिकारी, २०७० देखि २०७८ सम्म पार्टीको सचिव र २०७८ माघबाट मुगु अध्यक्षसमेत रहेका छन्। 

मल्ल २०७४ सालको स्थानीय तहको निर्वाचनमा छायानाथ रारा नगरपालिकाको नगरप्रमुखमा लडेका थिए। तर, उनी ११९ मतले पराजित भए।

यस्तै, मल्लले राजनीतिक सँग–सँगै २०४६ साल भदौ १३ बाट मीन माध्यमिक विद्यालय भारेकोटकाट अध्यपन थालेका थिए। त्यसपछि मल्लले २०५६ देखि २०५६ सम्म त्यही विद्यालयको प्राधानाध्यापक हुँदै २०७० सम्म शिक्षण पेशामा लागे।

२०६४ सालदेखि शिक्षण पेशामा लागेका उनले रारा बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष हुँदै आङ्गिक क्याम्पस बनाउन भूमिका खेलेका थिए। 

मन्त्री मल्लले शिक्षा क्षेत्रमा योगदान गरेपछि शिक्षा विभाग, मध्यपश्चिम विश्वविद्यालय र जिल्ला शिक्षा समिति मुगुबाट पुरस्कृत भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .