महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
बर्दिबास–३ पाटुमोडमा बिहीबार प्रदेश–२–०२–००१ त २२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किएका २९ जना यात्रु सवार सो ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते २८ जनामध्ये एकको अवस्था चिन्ताजनक छ। धनुषास्थित औरही नगरपालिका वडा नम्बर–५ का कुमारी मण्डललाई जनकपुरधामस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ।
अन्य घाइतेहरुमा जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रादेवी ठाकुर र चन्द्रादेवी मण्डल रहेको प्रहरीले जनाएको छ।
ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही–५ का हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेहरुको उपचार जनकपुरधामस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा भइरहेको छ।
प्रतिक्रिया