ad ad

राजनीति


कर्णालीमा टुंगियो मन्त्रालय भागबन्डा, बुधबार सरकारले पूर्णता पाउन सक्ने

कर्णालीमा टुंगियो मन्त्रालय भागबन्डा, बुधबार सरकारले पूर्णता पाउन सक्ने

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १८:१६, काठमाडौँ

कर्णालीमा सत्तारूढ दलहरूले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन्। 

मंगलबार बिहानैदेखि बसेको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको हो।

उक्त  बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा निष्कर्ष निकालेको हो। 

जसअनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ। 

यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो। 

बैठकमा सहभागी एमालेका एक नेताका अनुसार कर्णालीको मन्त्रिपरिषद्ले बुधबारसम्म पूर्णता पाउने बताए।

८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ। 

एमाले/माओवादीले यसअघि ३/३ मन्त्रालय लिने सहमतिअनुसार मन्त्रालय भागबण्डा लगाएका हुन्।

यसअघि मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले एमालेबाट एक माओवादीबाट एकजना गरि दुईजनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिसकेका छन्। 

अब एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना गरि चार जना मन्त्री बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .