ad ad

समाज


भूकम्पले बाजुरामा एकजनाको ज्यान गयो, तीनजना घाइते

भूकम्पले बाजुरामा एकजनाको ज्यान गयो, तीनजना घाइते

भूकम्पले बझाङमा भत्किएको मन्दिर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १८:२४, कञ्चनपुुर

मंगलबार दिउँसो गएको भूकम्पले बाजुरामा एकजना महिलाको मृत्यु भएको छ। यो भूकम्पका कारण अन्य तीन जना घाइते भएका छन्।

जिल्लाको गौमुल गाउँपालिका–२ दहकोटकी ३५ वर्षीया महिला जमुना रोकायाको मृत्यु भएको वडा सदस्य प्रेमबहादुर रोकायाले बताए।

उनका अनुसार ती महिला घाँस काट्न गएकी थिइन्। घाँस काटिरहेका बेला भूकम्पको पराकम्पले खसेको ढुंगा लागेर महिलाको मृत्यु भएको हो। 

गौमुल गाउँपालिका–२ मा अन्य तीन जना महिला पनि घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भिर रहेको वडा सदस्य रोकायाले बताए।

‘शारीरिक अशक्त हुनुहुन्थ्यो, घर भत्किँदा च्याएर एक जना गम्भिर घाइने हुनुभएको छ, अन्य दुई जना घाइते अवस्था सामान्य छ,’ उनले नेपालखबरसँग भने। 

प्रहरीलाई खबर गरिएकाले घटनास्थलतर्फ प्रहरी आइरहेको उनले बताए।

‘घाँस काट्न गएका अन्य महिलाहरुको पनि खोजी भइरहेको छ, कतै घर भत्किएका छन्,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन।’

मंगलबार दिउँसो २:४३ मा बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .