कोशी


निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछः ओली

निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछः ओली

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:१६, दमक (झापा)

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गरेका छन्।

झापा-५ आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमक नगरपालिका, इलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय अवलोकन गरेका थिए।

अध्यक्ष ओलीले ३० वर्षअघि आफैले बनाएको घर अवलोकन गरेका थिए। उक्त घर बेचबिखन गरिसकेका थिए। तर ओलीले बनाएको घर भनि जेनजी समूहले भदौ २४ गते आगो लगाईदिएका थिए। ‘राधिकाको सञ्चय कोषबाट ७ लाख झिकेर ३० वर्षअघि बनाएको घर हो’, आफ्नो पुरानो घरको कोठामा पुगेर ओलीले भने।

संयोगले सोही घरमा ३० वर्षअघि ओलीले प्रयोगमा लिएको पलङ जल्नबाट बचेको छ। त्यो समयमा पलङलाई २ हजार रुपैयाँ परेको उनले बताए। त्यस्तै दमक नगरपालिकाका प्रमुख राम थापाको जलेपछि भत्काएको घरको समेत अध्यक्ष ओलीले अबलोकन गर्नुभएको थिए।

‘आइदिनु भयो विशेष धन्यवाद। मेरो घर जलेपछि शरिरमा भएका कपडा बाहेक सबै जलेको हो’, नगर प्रमुख थापाले ओलीसँग भने।

जेनजी आन्दोलनमा जलाइएको आफ्नो निर्वाचन क्षेत्रमा आउँदा बस्ने आवासको अध्यक्ष ओलीले अवलोकन गरेका थिए।

‘निजी तथा सरकारी सम्पत्तिलाई तोड्फोड, आगजनी गर्नेलाई कार्वाही गर्ने समय आउँछ’, उनले बताए। अध्यक्ष ओलीले नगर कमिटी पार्टी कार्यालयको अबलोकन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad