गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा रुपन्देही (लुम्बिनी)का युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ४ का २२ वषीय संजोक थापा रहेको कास्की प्रहरीले जनाएको छ। थापा कास्कीको पोखरा महानगरपालिका ७ राष्ट्र बैंक चोकमा बस्दै आएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति पोखरा ६ सहिदचोकमा रहेको मुख्यमन्त्री निवासमा आगजनी गरेर फरार रहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।
मुख्यमन्त्री निवासमा भदौ २४ को जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको थियो। फेरि भदौ १२ गते पनि त्यहाँ आगजनी भएको थियो। प्रहरीले यस्ता घटनामा संलग्नमाथि अनुसन्धान र खोजी जारी रहेको जनाएको छ।
Shares

प्रतिक्रिया