समाज


बाढी-पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल अनुदान, यी हुन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णय

बाढी-पहिरोपीडितलाई अस्थायी आवास बनाउन तत्काल अनुदान, यी हुन् विपद् व्यवस्थापन परिषद्का ७ निर्णय

नेपालखबर
असोज २१, २०८२ मंगलबार १४:१७, काठमाडौँ

सरकारले हालैको बाढी-पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेकाे छ।

मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढी-पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित ७ निर्णय गरेकाे हो।

निर्णय नम्बर ७ मा भनिएको छ, ‘प्रस्तावित निर्णय नं. ७: विपद्‌मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भई आएपश्चात् अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad