राजनीति


रास्वपाको मतदान सुरु गर्न ‘दिनभर लाग्ने’

रास्वपाको मतदान सुरु गर्न ‘दिनभर लाग्ने’

नेपालखबर
असार १०, २०८३ बुधबार ८:३८, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान सुरु गर्न समय लाग्ने भएको छ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत ९९ सय केन्द्रीय सदस्य पदका लागि आज निर्वाचन गरिँदै छ। 

यसका लागि चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा अपराह्नपछि मात्र प्रक्रिया अघि बढ्ने देखिएको छ।

रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भनिए पनि अहिलेसम्म सबै  प्रतिनिधिको नाम इन्ट्री भइसकेको छैन।

९९ सदस्य पदका लागि चार सय जनाभन्दा बढीको उम्मेदवारी परेकाले दाबी-विरोध, उम्मेदवारी फिर्तालगायतका लागि समय लाग्ने उनले बताए। उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि मात्र मतदान अघि बढ्नेछ। 

‘उम्मेदवारको प्रारम्भिक सूची निकालेपछि त्यसउपर दाबी-विरोधको सूचना निकाल्छौँ’, सापकोटाले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि फेरि उम्मेदवारको अन्तिम नामावली निकालेर मतदान प्रक्रिया सुरु गर्नुपर्छ, जुन गर्न कम्तीमा दिनभरि लाग्छ। बेलुका नभई मतदान अघि बढ्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad