राजनीति


रास्वपा केन्द्रीय सदस्यका लागि आज मतदान, २ घण्टामै नतिजा आउने

रास्वपा केन्द्रीय सदस्यका लागि आज मतदान, २ घण्टामै नतिजा आउने

नेपालखबर
असार १०, २०८३ बुधबार ७:३९, काठमाडौँ

विगत चार दिनदेखि चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बुधबार बिहान ८ बजेदेखि गर्ने तयारी छ। ‘केन्द्रीय सदस्यका लागि बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरेका छौँ। मतदान ८ घण्टासम्म चल्न सक्छ,’ उनले भने। 

केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी रास्वपाले गरेको छ। 

केसीले भने, ‘मतदानस्थलमा रहेका प्रतिनिधिले ईभीएम र प्रवासमा रहेका प्रतिनिधिले रास्वपाको मोबाइल एपबाट मतदान गर्नुहुनेछ। मतदान सकिएको दुई घण्टामै मतपरिणाम आउँछ।’

रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन गर्ने पार्टी विधानमा व्यवस्था छ।  

विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था रास्वपाको विधानमा छ।  

केन्द्रीय सदस्यमा निर्वाचित हुने नेता मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्। 

रास्वपाले यसपटक विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ। यसअघि रास्वपामा पदाधिकारी संख्या १२ थियो । 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad